२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ट्रम्प–किम वार्ता असफल, अमेरिकाले निकाल्यो यस्तो विज्ञप्ती

ट्रम्प–किम वार्ता असफल, अमेरिकाले निकाल्यो यस्तो विज्ञप्ती


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको बहुचर्चित वार्ता असफल भएको छ । अमेरिकाले बैठकलाई अत्यन्तै राम्रो र सिर्जनात्मक भए पनि असफल भएको जनाएको हो ।

बैठकमा दुई नेताको वार्ताबाट कुनै साझा समझदारी नबनेको पनि ह्वाइट हाउसले स्पष्ट पारेको छ । ‘यो वार्तामा कुनै समझदारी भएन । तर, दुबै देशका आआफ्ना टिमले अर्काे बैठकका लागि प्रयास गर्नेछन्,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुई नेताबीच आणविक निशस्त्रीत्रकरण र आर्थिक एजेन्डामा छलफल भएको तर कुनै निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij