२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

७.९ रेक्टर स्केलको भूकम्पपछि सुनामीको चेतावनी

७.९ रेक्टर स्केलको भूकम्पपछि सुनामीको चेतावनी

पपुवान्युगिनी । पपुवा न्युगिनीदेखि पश्चिमी क्षेत्रमा ७.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार पानगुना सहरभन्दा ४० किलोमिटर पश्चिममा भूकम्पको केन्द्र विन्दु रहेको थियो ।

भूकम्पको जमिनभन्दा केन्द्रविन्दु १५३ किलोमिटर तल रहेको बताइएको छ ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले पापुवा न्युगिनी र सोमोमोन टामुमा १ मिटर अग्लोसम्म छालहरु आउन सक्ने चेतावनी दिएको छ ।

स्थानीय समयअनुसार आइतबार २ बजेर ३० मिनेट जाँदा भूकम्प गएको थियो ।

शुरुमा भूकम्पको तिव्रता ८ म्याग्निच्युडको मापन गरिए पनि पछि त्यसलाई कम गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij