२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारत पाकिस्तान बीचको तनावले नेपाल उडान प्रभावित

भारत पाकिस्तान बीचको तनावले नेपाल उडान प्रभावित

पछिल्लो समय चर्किदै गएको भारत र पाकिस्तान तनावका कारण नेपाल भएर मध्य पुर्व तिर हुने उडानको रुट परिवर्तन गरिएको छ | कतार एयरवेज, टर्किस एयरलाईन्स र ईतियाज एयरको उडानको हवाई रुट बदलिएको छ |

पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत विमानहरुको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार कतार एअरवेजले बैकल्पिक रुटको प्रयोग गरेर उडान गरेको छ। तर, टर्किस र इतियाज एअरको उडान भने रद्द गरिएको छ ।

कतार एयरवेजको विमान भने पाकिस्तानको आकाश छलेर बैकल्पिक रुटबाट उडेको छ । तिवारीका अनुसार बिहान ११ः३० उड्नुपर्ने विमान पाकिस्तानले रोक लगाएपछि बैकल्पिक रुटको प्रबन्ध मिलाउँदा दिउँसो मात्रै उडेको थियो ।

त्यसैगरी टर्किस एयरलाइन्सको जहाज उडेको छैन्। बुधबार दिउँसो १२ बजे उड्नुपर्ने जहाज पाकिस्तानले रोक लगाएसँगै विमानस्थलमै थन्किएको छ । त्यसैगरी इतिहाद एअरवेजले पनि उडान रद्द गरेको छ। युएइको यो एअरवेजले नेपाल आउने उडान रद्द गरेको हो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार पाकिस्तानको आकाश भएर भारतहुँदै नेपाल आवतजावत गर्ने जहाजलाई बैकल्पिक रुटबाट आवतजावत गर्न व्यवस्था मिलाउन लागेको बताए । नागरिक दैनिकमा समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij