
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको आशंकाका बीच मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । उद्धार तथा समन्वयका लागि बैठक बस्न लागेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सुरक्षा अधिकारीहरुले हेलिकप्टर दुर्घटनामा परेको आशंका गरेका छन् । मन्त्री अधिकारी पाथिभरा मन्दिर दर्शन गर्न गएको बताइएको छ ।
मन्त्री अधिकारीसँगै प्रधानमन्त्री कार्यालयका सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ६ जना रहेको बताइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij