२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अपडेटः पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

अपडेटः पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना


काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ।

दुर्घटना ताप्लेजुङको पाथीभरा मन्दिर आसपास क्षेत्रमा भएको जानकारी आएको गृह मन्त्रालय सुत्रले जानकारी दिएको छ। तेह्रथुमको चुहान डाँडामा विमानस्थल निर्माणको अवलोकनका लागि मन्त्री अधिकारी त्यहाँ गएको बताइएको छ।

एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर केही समय सम्पर्कविहीन भएको थियो।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

* पर्यटन मन्त्री रवीन्द्र अधिकारी, यतिका मालिक आङछिरिङ चढेको हेलिकप्टर दुर्घटना

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij