
आईसीसी महिला टी–२० विश्वकप ‘एशिया क्षेत्रीय छनोट’को अन्तिम खेलमा नेपालले आज अन्तिम तथा निर्णायक खेल खेल्दै छ | महिला विश्वकपको लागि ग्लोबल क्वालिफायरमा भाग लिन नेपालले आफुलाई शिर्ष स्थानमा राख्नु पर्ने हुन्छ | नेपाल ८ अंक सहित तेस्रो स्थानमा छ भने सोहि अंक र तेति नै खेल बाट नेट रन रेटको आधारमा युएई महिला क्रिकेट अगाडी छ | पहिलो स्थानमा सबै खेल जितेको थाईल्याण्ड पहिलो स्थानमा छ |
आजको खेलमा नेपालले जितेर मात्र पुग्दैन थाईल्याण्डले समेत युएई संग भारी अन्तरले हार्नु पर्नेछ | चीन विरुद्धको खेलमा नेपालले झिनो अन्तरले जित निकाल्नु पनि रन रेटमा ठूलो घाटा लागेको थियो ।
बुधबारको खेलमा थाइल्याण्ड विजयी भएमा नेपाल र यूएईको आशा समाप्त हुनेछ । यदि नेपालले कुवेतलाई भारी अन्तरले हरायो र यूएईले थाइल्याण्डलाई झिनो अन्तरले जितेमा रन रेटका आधारमा शीर्ष स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ ।
थाइल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा यूएई र नेपाल तेस्रो स्थानमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij