सामाजिक सञ्जालको माध्यमबाट बागलुङका एक युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् | बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका हुन् |

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसंग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेकी हुन् |
दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिकेकी थिईन् | नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उहाँले विवाहका लागि तयारी भएकी हुन् । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत सहभागी थिए भने केटीका तर्फभने अभिभावक नभए पनि उनले पाकिस्तानी ागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस लिएर आएकीे थिइन | पाकिस्तानी बाबुआमासंग पनि सहमति लिएको बताएकी छिन |
मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए |
‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पु-याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने ्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।”
कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले
बताए|
मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उहाँले प्रशंसा गरे्ता वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij