
प्रदेश ३ मा नयाँ शक्ति पार्टी नेपालका एक मात्र सांसद प्रेम तामाङ आफ्नो सांसद पद सुरक्षित गरेर मात्रै नेपाली कांग्रेसमा औपचारिक रुपमा प्रवेश गर्ने भएका छन् ।
सोमबार रसुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा तामाङ आएनन् । कानूनी प्रक्रिया पूरा नगरी कांग्रेसमा प्रवेश गर्दा सांसद पद जाने भएपछि तामाङ कांग्रेसमा प्रवेशको औपचारिक कार्यक्रममा नआएका हुन् ।
‘कांग्रेस प्रवेश गर्दा प्रदेश सभाको सदस्य पद रहने वा नरहने स्पष्ट कानूनी ग्यारेन्टी नभएकाले प्रदेश सांसद प्रेम तामाङ पछि हटेको छन्’, स्रोतले भन्यो । उनी सांसद पद सुरक्षित भएपछि मात्रै कांग्रेस प्रवेश गर्नेछन् ।
यद्यपि, नयाँ शक्ति पार्टी नेपाल रसुवाको जिल्ला समितिका सबै सदस्य तथा भ्रातृ संगठनको जिल्ला समिति सोमबारदेखि औपचारिक रूपमा कांग्रेसमा विलय भएको छ ।
नयाँ शक्तिका संयोजक फुर्पुवाङ्दी तामाङ नेतृत्वमा कांग्रेसमा एकता भएको हो । नेपाली कांग्रेस रसुवाका सांसद मोहन आचार्यको प्रयासमा नयाँ शक्तिको जिल्ला समिति कांग्रेसमा विलय भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij