
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई सरुवा गरेका छन्। सरुवामा पर्नेमा विशेषाका न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेल रहेका छन् |
न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले भ्रष्टाचारको मुद्दा हेर्ने तीन न्यायाधीशलाई सरुवा गरेका न्यायपरिषद्ले जनाएको छ । ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो ।
न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेको, मुद्दाका पक्षसँग सम्पर्कमा रहेको जस्ता उजुरी परेपछि अन्य उच्च अदालतमा सरुवा गरिएको बताइएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा उनीहरू विशेष अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।
प्रधानन्यायाधीशको नेतृत्व सम्हालेलगत्तै राणाले आक्रामक रुपमा न्यायालय सुधार उत्रिएका प्रधानन्याधिस राणाले न्यायाधीशहरुको सरुवा र छानबिन गरेका हुन् | प्रधानन्यायाधीशमा नियुक्त भएको केही दिनमै राणाले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित केही न्यायाधीशको छानबिन गरिरहेका बताइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij