
भारत र अष्ट्रेलिया बीचको पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलियाले ३ विकेटको जित हात पारेको छ । टस हारे पहिले ब्याटिंग गरेको भारतले दिएको १२७ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । अस्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ५६, डेरेक सटले ३७ बनाएर भारत विरुद्दको पहिलो टि-२० खेल जितेको हो |
भारतका लाजि जसप्रित बुम्राहले ३ विकेट लिए । ब्याटिंग तर्फ भने केएल राहुलले सर्वा्धिक ५० रन बनाउँदा महेन्द्रसिंह धोनी २९ रनमा नट आउट रहे । कप्तान विराट कोहली २४ रन बनाए भने अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका नाथन कल्टर नाइलले ३ विकेट लिए । आइतबार रातिको जितसँगै अस्ट्रेलियाले तीन टी–२० सिरिजमा १–० को अग्रता बनाएको छ ।
भारतमा जारी भारत र अष्ट्रेलिया बीचको शिरिजमा क्रममा भने भारतका सबै खेलाडीले पाखुरामा कालो पट्टि बाँधेर खेलेका थिए | पलुवामा भएको आतंकवादी हमला पश्चात भारत र पाकिस्तानको विचमा अघोषित वाक युद्द भईरहेको बेला भारतको राष्ट्रिय क्रिकेट टोलीले सावर्जनिक रुपमा विरोध गर्दै खेलेको हो |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij