कांग्रेसमा पार्टी प्रवेश गर्ने तयारिमा रहेका नयाँ शक्तिका एक प्रदेश सभाका प्रत्यक्ष निर्वाचित सांसद प्रेम तामांगलाई नयाँ शक्ति नेपाल पार्टीले निलम्बन गरेको छ |

नेता तामाङले पार्टी नीति विपरित आर्थिक क्रियाकलाप गर्ने गरेको र संदिग्ध गतिविधिमा संलग्न भएको आरोप समेत सो पार्टीले लगाएको छ । आइतबार नया शक्ति केन्द्रीय कार्यालयका प्रमुख मोती रिजालले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य तामाङलाई निलम्बन गरिएको घोषणा गरेका छन् ।
तामाङ प्रदेश ३ रसुवा निर्वाचन क्षेत्र ख बाट नयाँ शक्तिका प्रत्यक्ष निर्वाचित सांसद हुन् |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij