
हिमाली भेगमा पाईने दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित एक जनालाई रुकुम पश्चिमबाट प्रहरीले पक्राउ गरेको छ | जिल्लाको मुसिकोट नगरपालिका–१ को गिल्वाङबाट ग५प ११६५ नम्बरको मोटरसाइकल चढेर सदरमुकामतर्फ आइरहेका अवस्थामा बाँफीकोट गाउँपालिका–३ कोलाचौरका २३ वर्षीय विकास विकलाई ३ थान रेडपाण्डाको छालासहित पक्राउ गरिएको हो ।
मोटरसाईकलमा सवार अर्को व्यक्तिले मोटरसाइकलको चेनिज प्याकेटले प्रहरीलाई आक्रमण गरी भिरबाट हाम फालेर भागेका छन्। उनको आक्रमणबाट प्रहरी हवल्दार थिरबहादुर विष्टको खुट्टामा ६ वटा टाँका लगाउनुपरेकोप्रहरीले बताएको छ|
लाखौँ रुपैयाँ पर्ने रेड पाण्डाको छाला अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके ठुलो धनराशी प्राप्त हुने भएकाले यस प्रति गैरकानुनि ढंगले शिकार गरि तस्कर हुँदै आएको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij