२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बलात्कारको आरोपमा एकको पक्राउ

बलात्कारको आरोपमा एकको पक्राउ

बाजुरा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले बलात्कार गरेको आरोपमा  शुक्रबार पक्राउ गरेको छ | जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी राम्रोसँग बोल्नसमेत नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो ।

बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरेर बलात्कार गर्न खोजेको र नजिकै आफन्तले होहल्ला गरे पनि नसुनेझैँ गरेको बताइएको छ । महिलाका आफन्तले दिएको उजुरीको आधारमा बलात्कारी गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । पक्राउ परेका गिरीलाई अहिले हिरासतमा राखिएको छ ।

त्यस्तै बाजुरामा भरुवाबन्दुकसहित दुई सिकारी पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ मालाकोट बस्ने ३३ वर्षीय कृष्ण मिजार र सोही वडाका खडक ऐडी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्रिवेणी नगरपालिका–८ स्थित बादापानीको जङ्गलमा सिकार खेल्न गएको अवस्थामा शुक्रबार भरुवा बन्दुकसहित उनीहरू पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij