
पाकिस्तान सुपर लिगमा पहिलो पटक खेलेका सन्दिप लामिछानेले सुखद डेब्यु गरेका छन | लाहोर क्वालेन्डरबाट खेलेका सन्दिप लामिछानेले ४ ओभर बलिंग गर्दै ४६ रन खर्चेर ३ विकेट लिएका छन |
शोएव मालिकको कप्तानीमा रहेको मुल्तान सुल्तनको विरुद्द डेब्यु गरेका सन्दिप लामिछानेले आफ्नो टिमलाई पहिलो सफलता दिलाउने क्रममा आक्रमक रुपमा ओपनिंग ब्याटिंग गरिरहेका मुल्तान सुल्तानका ओपनर ब्याट्सम्यान जेएम भिन्सलाई ८४ रनमा फकर जमानको हात बाट क्याच गराउन सफल रहे |
सुरुको ओभर विना विकेट १७ रन खर्चेका लामिछानेले अर्को ओभरमा भिन्स संगै आफ्नो तेस्रो ओभरमा शोयब मालिक र अन्तिम ओभरमा आक्रमक ब्याट्सम्यान एन्ड्रयु रसेललाई आफैं क्याच आउट समेत गरे | महान खेलाडी एबी डिभीलियर्सको कप्तानीमा रहेको सन्दिपको टोलि लाहोरले फिल्डिंग गर्दै छ |
OUT! @IamSandeep25 has his third wicket as @Russell12A falls cheaply. Multan Sultans are 163/4 in the 16th over
Scorecard and ball-by-ball details 👉 https://t.co/ZH8588AppX #MSvLQ #PSL2019 #KhelDeewanoKa #CricketForAll pic.twitter.com/qI5N34nrpI
— Cricingif (@_cricingif) February 22, 2019
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij