
डाक्टर गोविन्द केसीको अनसनको विरुद्दमा अनसन गर्दै आएका विजय थापाले फेरी केसी अनसन बसे आफु पनि अनसन बस्ने घोषणा गरेका छन् |
शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी थापाले केसी जहाँ अनसन बस्छन तेही गएर आफु पनि अनसन बस्ने भनेका छन | त्यस्तै थापाले अष्ट्रेलियमा अलपत्र परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरुको उद्दार गर्न सरकारसँग माग समेत गरेका छन् ।
उनले अलपत्र विद्याथीहरुको उद्दार गर्न दवाव दिने उद्देश्यले शनिबार माइतिघर मण्डलामा प्रदर्शन गर्ने जानकारी समेत दिएका छन् ।
विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राख्दै बुधबार मात्र डा. गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij