२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सन्दिप लामिछाने आज पाकिस्तान सुपर लिगमा डेब्यु गर्दै

सन्दिप लामिछाने आज पाकिस्तान सुपर लिगमा डेब्यु गर्दै

नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा उनको टिमले आज चाैथाे खेल खेल्दैछ ।

यूएईमा जारी प्रतियोगताअन्तर्गत नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे हुने खेलमा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

गएको वर्ष आईपीएलमा डेब्यू गरेयता विश्वका हरेकजसो फ्रेन्चाइज लिगमा धुम मच्चाएका सन्दीप आजकाे खेलमा टिममा पर्ने सम्भावना धेरै रहेको बताइएको छ । उनको टिमले अहिलेसम्म तीन खेल खेलेकोमा २ खेलमा पराजित तथा एक खेलमा मात्रै जित हात पारेको छ ।

सन्दीप नेपालले यूएईविरुद्धको सिरिज जितेपछि उतैबाट अस्ट्रेलिया गएका थिए । अस्ट्रेलियाको बिग ब्याश लिगमा उनको टिम उप-विजेता भएको थियो । उनी अष्ट्रेलियाबाट पीएसएल लिग खेल्न यूएई गएका हुन् । पीएसएल पछि उनी आईपीएलका लागि भारत आउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij