
राजधानीको दरवार मार्गबाट प्रहरीले २१ किलो लागू औषध चरेशसहित ४ जनालाई पक्राउ गरेको छ |
पक्राउ पर्नेहरुमा मकवानपुर घर भई कलंकी बस्ने बर्ष २६ को रामकुमार मोक्तान, नैकाप बस्ने बर्ष २५ को रमेश कुमार मोक्तान रहेका छन् । यस्तै मकवानपुर घरभई नैकाप नै बस्ने बर्ष २५ को सुकराम गोले र मकवानपुर घर भई कलंकी बस्ने बर्ष २४ को राजेन्द्र गोले रहेका छन् ।
लाजिम्पाट ईलाकामा लागू औषध विक्रि वितरण तथा ओसारपसार हुँदैछ भन्ने विशेष सूचना प्राप्त हुना साथ तत्काल वृत्तबाट इन्सपेक्टरके कमाण्डमा विशेष टोली परिचालन गरि उनीहरुलाई पक्राउ गरिएको वृतका प्रमुख (डीएसपी) विनोद घिमिरेले जानकारी दिए ।
डीएसपी घिमिरेले भने, ‘निजहरुको शरिर तलासी लिँदा लागू औषध चरेस अन्दाजी २१ किलोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।’
पक्राउ परेको उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij