२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बाँदर नियन्त्रणको लागि ‘बाँदर समाऔं अभियान’

बाँदर नियन्त्रणको लागि ‘बाँदर समाऔं अभियान’

खोटाङमा भारतबाट झिकाइएका शिकारीको सहयोगमा धामाधम बाँदर समात्न थालिएको छ | ‘बाँदर समाऔं अभियान’ सहित बाँदर समातेर नजिकैको राष्ट्रिय निकुन्ज लैजाने सोचका साथ खोटाङमा बाँदर नियन्त्रण गर्न खोजिएको हो |  

बाँदरले लगाएको अन्नबाली संगै घरमै आएर हैरान बनाएपछि बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले यही फागुन ३ गते आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारीले मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिममा २५ बाँदर समातेका छन् । बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको वडा नं ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिए ।

सोही वडाका खर्का भन्ने ठाउँका दुई स्थानमा पनि बाँदरलाई जाल थाप्ने तयारी भइरहेको जनाइएको छ । नगरपालिकाभित्रका १५ वडाका किसानलाई दुःख दिइरहेका बाँदर समातेर निकुञ्ज पु¥याउन नगरपालिकाले रु दश लाख बजेट विनियोजन गरेको छ ।

खेतबारीका मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले नष्ट गरेर हैरान पारेपछि तिनलाई समात्न नगरपालिकाकै आर्थिक सहयोगमा भारतीय शिकारी खोटाङ झिाइएको हो ।

एउटा बाँदर समातेवापत शिकारीलाई रु दुई हजार पारिश्रमिक दिने व्यवस्था गरिएको छ । आगामी जेठ मसान्तभित्रमा २५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij