२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अष्ट्रेलियामा परे नेपाली विद्यार्थी अलपत्र : कन्सल्टेन्सी र सरकार दुवै दोषी

अष्ट्रेलियामा परे नेपाली विद्यार्थी अलपत्र : कन्सल्टेन्सी र सरकार दुवै दोषी

अष्ट्रेलियामा पढ्न भनेर गएका १२०० नेपाली विद्यार्थी अलपत्र परेका छन् | नेपाली शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)को लापरबाहीले गर्दा त्यति धेरै विद्यार्थी अष्ट्रेलियामा एकै पटक अलपत्र परेका हुन् | 

नेपाली कन्सल्टेन्सी मात्र नभई शिक्षा मन्त्रालय र अष्ट्रेलियाली सरकारको पनि गम्भीर त्रुटी रहेको पाईएको छ | 

अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् । 

त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा  पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले विद्यार्थी समस्यामा परेका हुन् । 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij