रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोहि वडाकि ४१ वर्षीय जय्पुरा बुढामगरलाई कुटपिट गरेका छन् |
मोटरसाइकलको हेल्मेटले हानेको र ढुंगा थुपारिएको ठाउँमा धकेलिदिएको आरोप पिडित महिलाको रहेको छ | शरीर भरि चोटै चोट लागेकी महिलाको स्थानीय स्तर मै उपचर भैरहेको जनाईएको छ | 
आफुमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छिन् । तर प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कार्यालयमा वडाध्यक्षबाट कुनै महिला कुटपिट भएको उजुरी नआएको बताए । यो घटनाबारे आफुलाई कुनै जानकारी नभएको उनको भनाई छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij