
सिरहाका दुई भिन्नाभिन्नै स्थानमा दुई बालिका एकै दिन बलात्कृत भएको समाचार बाहिरिएको छ | मंगलबार सिरहाको धनगढीमाईमा १७ वर्षीय र गोलबजार नगरपालिकामा १२ वर्षीय बालिका बलात्कृत भएको खबर बुधवार सार्वजनिक भएको हो |
धनगढीमाईको जङ्गलमा दाउरा लिन गएकी १७ वर्षीया बालिकालाई सोही वडाका खजनपुर बस्ने २४ वर्षीय श्रीराम यादवले जर्वजस्ती करणी गरेको परेको छ भने अर्को तिर सोहि दिन नै गोलबजार नगरपालिका–१० मा १२ वर्षीया बालिकालाई २१ वर्षीय दिपक राईले जर्वजस्ती करणी गरेको उजुरी परेको हो । पीडित बालिकाले प्रहरीमा जर्वजस्ती करणी गरेको जाहेरी दर्ता गराएपछि प्रहरीले दुबै अभियुक्तलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी सिरहाका पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट १० दिनको म्याद थपी जर्वजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ ।पीडित बालिकालाई स्वास्थ्य चेकजाँचको लागि अस्पताल पठाएको पनि प्रहरीले बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij