२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘लुट्न सके लुट कान्छा ‘गित जनताले मन पराएनन् : प्रधानमन्त्री ओली

‘लुट्न सके लुट कान्छा ‘गित जनताले मन पराएनन् : प्रधानमन्त्री ओली

प्रपशुपति शर्माको गित ‘लुट्न सके लुट कान्छा’ नामक गित माथि पहिलो पटक प्रधानमन्त्री केपी ओलीले प्रतिक्रिया दिएका छन् | ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी पनि गरेका छन् ।

‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं । एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन् ।’

उनले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गरे ।

‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन् । हाम्रो त बाटै त्यही २५ हजार पुरस्कार दिन्छु भनछन् । मलाई अचम्म लाग्छ, हामी कता जान खोज्दैछौं,’ प्रधानमन्त्रीले भने ।

उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको बताए ।

‘त्यो गीतमा सरकारले केही भनेको छैन् । सरकारको भनाइ सुबाटौंमा हिँड्यौं भन्नेमात्र हो,’ उनले भने।

यसअघि सत्तारूढ दलको भातृ संगठन युवा संघका नेताले गायक शर्माको ‘लुट्न सके लुट‘’ भन्ने गीत युट्युबबाट हटाउन भनेका थिए ।राजनीतिक दबाबले गर्दा गीत हटाएको शर्माले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij