
ओमान र स्कटल्याण्ड बीचको म्याचमा आज ओमानले ‘लिस्ट ए’ को सबै भन्दा कम चौथो नम्बरमा रन बनाएको छ | टस हारेर पहिलो ईनिंग ब्याट गरेको ओमानले पहिलो ईनिंग खेने क्रममा ईतिहास कै न्यून स्कोर बनाएको छ |
ओमानले आफ्नो घरेलु मैदान स्कटल्याण्ड विरुद्द उत्रिदा ओमानले २४ रन बनाउंदा १७.१ ओभरमा अल आउट भएको छ | ५० ओभरको खेलमा ओमानको लागि एक जना ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन बटुल्न सकेका हुन् | खावर अलिले १५ रन बनाउनु बाहेक ओमानका ६ जना ब्याट्सम्यान शुन्य रन आउट भए | स्कटल्याण्डका दुई जना बलर आर स्मिथ र ए निलले ४/४ विकेट लिदा एभेंसले दुई विकेट लिएर ओमानको ब्याटिंग क्रम ध्वस्त बनाएका हुन् |
१७ रन बनाउँदा ६ विकेट गुमाएको ओमन अन्तत: २४ रनमा अलआउट भयो । देशका सिनियर खेलाडी खेलेको टिम कम स्कोरमा अलआउट हुने ओमन पहिलो टिम हो । देशका हिसाबले लिष्ट ए मा कम स्कोरमा समेटिने टिममा जिम्बावे, क्यानडा, आयरल्याण्ड, नामिबिया हरेका छन ।
जिम्बावे २००४ मा श्रीलंकाविरुद्ध ३५ रनमा अलआउट भएको थियो भने क्यानडा पनि श्रीलंकाविरुद्ध नै २००३ मा ३६ रनमा समेटिएको थियो । यस्तै आयरल्याण्ड ३९ र नामिबपिया युएईविरुद्ध २०१३ मा ३९ रनमा धरासायी भएको थियो ।
लिष्ट ए क्रिकेटमा कम स्कोरमा अलआउट भएका टिमः
यू–१९ वेष्ट इन्डिज १८ रन
सारासेन्स १९ रन
मिडिलसेक्स २३ रन
ओमान २४ रन
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij