
कन्चनपुरमा गत वर्ष उत्कृष ठहर भई पुरस्कृत भएका एक कर्मचारी यस वर्ष भने घुस सहित पक्राउ परेका छन् | न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर हृदयराज बजागाईंलाई सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा खबर छ |
उनलाई अख्तियारले ६० हजार घुस सहित पक्राउ गरेको जनाएको छ | कल्भर्ट निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेका अवस्थामा पक्राउ परेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij