
लालितपुरको गोदावरीमा एक बाबुले आफ्नै नौ वर्षीय छोरीको बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ | गोदावरी-४ को बडीखेलका नेपाल प्रहरीका पुर्व हवल्दारले उक्त कार्य गरेको पाईएको हो | उनका भतिजा विप्लपको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जनाए अनुसार शुक्रबार राती श्रीमती माईत गएको बेला रक्सीले मातेको बेला उनले सो निन्दनीय कार्य गरेको पाईएको छ |
अभियुक्तलाई म्याद थप गरि अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ |
नयाँ मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार बालिका उमेर अनुसारको सजाय तोकिएको छ । बलात्कारको घटनामा अवस्था र प्रकृति हेरेर १० देखि २० वर्षसम्म सजायको व्यवस्था छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij