२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सन्दिप लामिछानेको टिम दिल्लीको कम्पनि जीएमआरको आलटाल : माथिल्लो कर्णाली निर्माण

सन्दिप लामिछानेको टिम दिल्लीको कम्पनि जीएमआरको आलटाल : माथिल्लो कर्णाली निर्माण

 

माथिल्लो कर्णालीको निर्माणको जिम्मा लिएको भारतीय कम्पनि जिएमआर (GMR) ले आयोजना सम्पन्न गर्नको लागि नेपाल सरकार संग एक वर्षको समय मागेको छ | कम्पनीले आयोजना निर्माणको लागि आवश्यक रकम जुटाउन भन्दै म्याद थपको जानकारी गराएको पाईएको छ | 

 

सोमबार प्रतिनिधिसभाको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले जीएमआरले आफूले उत्पादन गरेको विजुली बंगलादेशमा बिक्री गरि थप अरु वित्तीय व्यवस्थापनका लागि एक वर्षको समय माग गरेको बताए ।  

 

यस अघि पनि उक्त निर्माण कम्पनीले लगानी बोर्ड संग वित्तीय व्यवस्थापनको लागि भन्दै २ वर्ष समय पाए पनि लगानी जोहो गर्न नसक्दा पुन: अर्को एक वर्ष थप गरेको थियो | 

 

पटक–पटक थपिएको म्याद गुजार्दै आएको जीएमआरको गत असोज महिनामा म्याद सकिएको छ । 

 

उर्जामन्त्री पुनले आयोजना सम्पन्न गर्न कार्ययोजनासहित अघि बढाएको पनि जानकारी दिए ।  सरकारले २७ प्रतिशत शेयर तथा १२ प्रतिशत बिजुली निःशुल्क पाउने आयोजना निर्माणमा १ खर्ब १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij