२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सप्तरीमा घुससहित मालपोतका सुब्बा र कम्प्यूटर अपरेटर पक्राउ

सप्तरीमा घुससहित मालपोतका सुब्बा र कम्प्यूटर अपरेटर पक्राउ

मालपोत कार्यालय, सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्यूटर अपरेटर राजेश कुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको छ।

सेवाग्राहीसँग मोही जग्गाको बाँडफाँड भई श्रेस्ता कायम गराइदिने भनि घुस रकम माग गरेका थिए।आयोगमा परेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले उनीहरुलाई ३ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको अख्तियारका  प्रवक्ता रामेशव दंगालले जानकारी दिए।

घुस रकमसहित कार्यालय परिसरबाटै उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता दंगालले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij