
अवैध रुपमा सुन तस्करी गर्ने २ जनालाई प्रहरीले काठमान्डौबाट पक्राउ गरेको छ । प्रहरीले गोप्य सुचनाको माध्ययमबाट सप्तरी भर भएका २० वर्षीय सन्तोस यादव र धनुषा घर भएका २५ वर्षीय समिफ साफीलाई पक्राउ गरेको हो |
विदेशमा काम गर्न गएका काम दारहरुको माध्यम भएर सुन तस्करी गर्न संग्लग्न दुईलाई पक्राउ गरिएको हो |
तिलगंगा बसपार्कमा कतारबाट आएका व्यक्तिहरु उपर शंका गरि खानतलासी गर्दा ५० ग्राम तौल भएका सुनका ७ थान बाला अर्थात ३५० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij