
प्रहरीले मानव तस्कर गरि तेस्रो देश लैजाने क्रममा भारतमा अलपत्र पारिएको आशंकामा भारतबाट १७९ जना नेपालीको उद्दार गरेको छ |
भारतको मणिपुरबाट ३२ पुरुष र १४७ महिलालाई उद्दार गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ |
भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सुलर (सहचारी) प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्धार गरेको प्रहरीले आज जनाएको छ । उनीहरुमाथिको थप अनुसन्धान जारी रहेको प्रहरीले जानेको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij