
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन् | २१ वर्षीय सुनिल चौधरीले सोहि उमेर कै श्रीमती कमला चौधरीको घांटी निमोठेर हत्या गरि नजिकैको चिसापानी जन्गलमा स्याउलाले छोपेर फालेको अवस्थमा भेटिएको छ | श्रीमतीको शबलाई स्थानीयले जंगल जाँदा देखेर प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो |
प्रहरी अनुसन्धानका क्रममा सुनिलले परस्त्री संग मिलेर आफ्नै श्रीमतीको हत्या गरि फालिएको बुझिएको छ | उनले हत्या गरे संगै परस्त्री महिलालाई म्यासेज पठाएको पनि पाइएको छ |
घरबाट वेपत्ता भएको ४ दिनपछि जंगलमा दाउराघाँस गर्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए |
प्रहरीले प्रेमीका भनिएकी महिला र बुहारीको हत्या घटना दवाउनमा सहयोग पुर्याउने ससुरालाई पनि पक्राउ गरेको छ ।
प्रेमिका भनिएकी महिलालाई ४० हजार धरौटीमा छाडिएको र घटना लुकाउन सहयोग गर्ने चौधरीका बाबुलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जानकारी गराएको छ । मृतकका दुई स–साना छोराछोरी रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij