
सिंगापुरमा मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले उक्त वार्ता चलिरहेको हो |
खानेपानी मन्त्रालयले सकभर सिएम्सी कम्पनिलाई नै काम पुरा गर्न लगाउने नभए अन्य विकल्पमा पुग्ने बताएको छ | आयोजना समाप्त नहुँदै भागेको आरोपमा ईटालिएन कम्पनी सिएम्सीलाई सरकारले माघ ६ गते पत्र समेत पठाएको छ | उता सिएमसीले आफु आर्थिक रुपमा टाट पल्टेको र खारेजीको लागि ईटालीयन सरकारलाई समेत निवेदन दिएको छ | वार्तामा यी लगायत सिएमसीका माग पनि सुनिने बताईएको छ | चित्त बुझ्दो नपाईए कानुनि उपचार खोज्ने नेपाली प्रतिनिधि मण्डलले जनाएको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij