देवदह नगरपालिका वडा नं. ९, रुपन्देही स्थित बुद्धनगरमा देशकै पहिलो स्मार्ट कृषि गाउँ बन्ने भएको छ। कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम देवदहबाट सुरु भएको हो।
बुद्ध मावली देवदहको बुद्धनगरमा मंगबार मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार किसानका खेतमा तरकारीको बिरुवा रोपेर स्मार्ट कृषि गाउँ कार्यक्रम सुरुवात गरेका हुन्। प्रदेशका १२ वटै जिल्लाका ५२ वटा निर्वाचन क्षेत्रमा एक–एक स्मार्ट कृषि गाउँ निर्माण हुनेछ। सम्बन्धित क्षेत्रका सभासद्को सिफारिसमा कृषि मन्त्रालयले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। स्मार्ट कृषि गाउँका लागि प्रदेश सरकारले यो वर्ष २६ करोड बजेट विनियोजन गरेको छ। प्रत्येक निर्वाचन क्षेत्रलाई ५० लाख बजेट छुट्याइएको छ। बाँकी कुल बजेटको २० प्रतिशत स्थानीय तहले लगानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij