
साढे ३३ किलो सुन प्रकरणका अर्का आरोपी दुबईबाट पक्राउ भएका छन | काभ्रेका हरिशरण खड्कालाई नेपाल प्रहरीले ईन्टरपोलमा ‘रेड नोटिस’ जारी गरेपछि विदेशमा बसेर सुन तस्करीमा संग्लन हुँदै आएका खड्का पकाउ भएका हुन् |
२०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समेत सुनमा लगानीकर्तामध्ये खड्कालाई प्रतिवादी बनाइएको छ ।
उनी विदेशमा लुकेर बसेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको आग्रहमा इन्टरपोल शाखा काठमाडौंले फ्रान्सस्थित इन्टरपोलको मुख्य कार्यालयमा पत्राचार गरेको थियो । आजको अन्नपूर्णमा यो खबर छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij