२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ग्यास्ट्रिकबाट बच्न यी क्रियाकलाप गर्नुहोस

ग्यास्ट्रिकबाट बच्न यी क्रियाकलाप गर्नुहोस

नेपालीहरुमा ग्यास्ट्रिक साझा रोग हो भनेर भनिन्छ | मुख्य रुपमा नेपाली आहारविहारले गर्द सबै जसोमा ग्यास्ट्रिकको समस्या हुने पाईएको हो |तापनि यसबाट बच्न केहि आफै प्रयासहरु पनि गर्न सकिन्छ |

यी क्रियाकलाप गर्नुस् जसले तपाईलाई ग्यास्ट्रिकबाट केहि हदसम्म आराम दिनेछ |

१. ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ । 

२. लगातार पानी पिउनुहोस् तर कोल्डड्रिंक्समा ध्यान पुर्याउनुहोस्  यसले शरीरमा ग्यास बढाउँछ ।

३. बढी पिरो, अमिलो, बट्टाको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ ।

४. धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न ।

५. बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिकलाई फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्दछ ।

६. पेटमा धेरै ग्यास भएका वेला कागती–पानी पिउनु उपयुक्त हुन्छ । जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन । 

७. ग्यास्ट्रिकले बढी नै सतायो भनेर जथाभावी औषधि सेवन नगर्नुहोस ,  साइड इफेक्ट हुने सम्भावना हुन्छ । आजको नयाँ पत्रिका समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij