२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलको राजिनामा : व्यक्तिगत जीवनमा व्यस्त हुनु परेको भनाई

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलको राजिनामा : व्यक्तिगत जीवनमा व्यस्त हुनु परेको भनाई

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले मंगलवार राजीनामा दिएकी छन् । हालैमात्र सञ्चारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी पौडेलले व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी हुन् | उनले राजिनामा संचारमन्त्री गोकुल बास्कोटालाई थमाएकी हुन् |

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको एक बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । तर पौडेलले मन्त्रालयको स्पष्टिकरण पत्र आफूले नपाएको बताइन् ।

पौडेलले २०७४ मंसिर २५ गते तत्कालिन मन्त्रिपरिषले विकास बोर्डमा अध्यक्ष नियुक्त लिएकी थिइन् । नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणाली शुरूवात गरेको र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाएको भनेर पौडेलले लेखेकी छिन ।

त्यस्तै गरि उनले सरकारबाट पाएको पछिल्लो ३ महिनाको  रकम श्रीमान रवि लामिछाने संयोजकत्वको कालिकोटमा निर्माण हुँदै गरेको  ‘रास्कोट सामुदायिक अस्पताल’ लाई दिने घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij