२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेविसंघ अध्यक्ष सहित नेताहरु बानेश्वरबाट पक्राउ

नेविसंघ अध्यक्ष सहित नेताहरु बानेश्वरबाट पक्राउ

प्रहरीले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई पक्राउ गरेको छ | नयाँ वानेश्वरको निषेधित क्षेत्रभित्र प्रवेश गरेर  प्रदर्शन गर्न खोज्दा महर सहित ६ जना अरुलाई नियन्त्रणमा लिएको हो । 

नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले पोखरामा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न माग गर्दै वानेश्वर हुँदै जिल्ला प्रशासन कार्यालय जाने क्रममा महरसहित उपाध्यक्ष नवीन राईलगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । 

उनका अनुसार पोखरामा पक्राउ परेका कार्यकर्तालाई हिरा नगरे कडा आन्दोलन गर्ने जानकारीसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने कार्यक्रम थियो । 

पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij