
अनुदान कार्यविधि नै संशोधन गरेर समाज कल्याण परिषदका पदाधिकारीले ३२ झोले एनजीओलाई एक करोड वितरण गरेका छन् । रकम बाँड्न पदाधिकारीले अनुदान, कार्यविधि नै संशोधन गरेका छन् ।
प्रस्ताव आह्वान नै नगरी अपारदर्शी ढंगबाट ५० लाख निकासा भएको र दोस्रो किस्ता लिन ती एनजीओ सञ्चालकहरु अहिले परिषद् धाइरहेका खबर बाहिरिएको छ । गत पुुस २७ मा पदाधिकारी बैठकले एनजीओलाई टेबल मनिटनिङ गरी रकम दिने निर्णय ग-यो ।
परिषद्का कोषध्यक्ष वीरबहादुर ठगुन्नाले कार्यसञ्चालन समितिबाट निर्णय गराएर अनुदान रकम वितरण गराएका हुन् । परिषद् कार्यसञ्चालन समितिमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री, उपाध्यक्ष कोषाध्यक्ष र सदस्यसचिव रहने व्यवस्था छ । यो समाचार गोविन्द लुइँटेलल अन्नपूर्णमा लेखेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij