२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विदेशी मुद्रा र नेपाली रुपैयाँ हुण्डीको कारोबार गर्ने एक गिरोह विरुद्द धनुषामा ४ अर्ब १६ करोडको मुद्दा

विदेशी मुद्रा र नेपाली रुपैयाँ हुण्डीको कारोबार गर्ने एक गिरोह विरुद्द धनुषामा ४ अर्ब १६ करोडको मुद्दा

ह्वाट्सएप मार्फत सांकेतिक शब्द र चिन्हहरु प्रयोग गरी गुटमेलका कारोबारीसँग विदेशी मुद्रा  र नेपाली रुपैयाँ हुण्डीको माध्यमबाट ठूलो परिमाणामा अवैध अन्तरदेशीय कारोबार गर्ने आरोपमा राजस्व अनुसन्धान विभागले धनुषा जिल्ला अदालतमा ८ जनाको गिरोह विरुद्द  ४ अर्ब १६ करोड बराबरको मुद्दा दायर गरेको छ | 

विभागले रामेश्वर साह, निजकी श्रीमती मिनादेवी साह, पक्राउ परेका विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो सुरज ठाकुर र पप्पुकुमार दासविरुद्ध जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गरेको हो । गत २२ पुसमा प्रहरीले रामेश्वरको घरमा छापा मारी ८३ लाख ६९ हजार नेपाली रुपैयाँ र ६ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको थियो ।

राजस्व छली उनीहरुले ४ अर्ब १६ करोड ३३ लाख ३१ हजार ९ सय १० रुपैयाँ ७५ पैसा घोटला गरेको भन्दै विभागले १२ अर्ब ४८ करोड ९९ लाख, ९५ हजार ७ सय ३१ रुपैयाँ २५ पैसा जनही बिगोको तीन गुणा जरिवाना असुल हुनुपर्ने माग दाबी गरेको छ | 

उनीहरुलाई जनही ३ वर्ष कैद हुनुपर्ने माग दाबीसमेत गरिएको छ । प्रतिवादीमध्ये पप्पुकुमारको उमेर १५ वर्षको भएकाले आधा सजाय दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij