सिभिल बैंक लिमिटेडले “सम्मान बचत खाता” नामक नयाँ बचत योजना ल्याएको छ ।
यस बचत खातामा सिभिल बैंकका ग्राहकले ७ लाखसम्मको दुर्घटना मृत्यु/अपांग, बीमा तथा अस्पताल भर्ना भई खर्च भएको १ लाख सम्मको औषधोपचार खर्च बीमा पनि निःशुल्क रुपमै पाउने भएका छन् । बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ ।
न्यूनतम मौज्दात शुन्य रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निशुल्क एबीबीएस सुविधा रहेकोे कुरा बैंकले जनाएको छ ।
हालसालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ–संस्थाले आफ्नो श्रमिक/कर्मचारीहरुलाई ७ लाखसम्मको दुर्घटना मृत्यु/अपांग बीमा तथा औषधोपचार खर्चको लागी१ लाखसम्मको बीमा गराउनुपर्ने नियम रहेको छ ।
बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ–संस्था लगायत ग्राहकवर्गहरु लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij