
पप्पु कन्स्ट्रक्सनका पुर्व संचालक एवम निलम्बित सांसद हरिनारायण रौनियारले सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रम अन्तर्गतको संसदीय विकास कोष फ्रिज भएको छ | निलम्बित सांसद रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए |
रौनीयार संचालक रहेका बेला पप्पु कन्स्ट्रक्सनले बाँकेको बबई पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा रौनियारविरुद्ध मुद्धा दायर गरेसँगै उनको सांसद पद निलम्बन भएको थियो।
विशेष अदालतमा अख्तियारले रौनियारविरुद्ध असोज १९ गते मुद्धा दायर गरेको थियो। मुद्दा दायर भएसँगै रौनियारको सांसद् पद निलम्बनमा परेको हो।
प्रतिनिधिसभा निर्वाचन अघि रौनियारले कन्स्ट्रक्सनको जिम्मेवारी छोरा सुमितलाई सुम्पिएर आफू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए। फोरम नेपालकै तर्फबाट उनी पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
रौनियारको पद निलम्बन भएसँगै उक्त क्षेत्रको सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रमको बैठक बस्न नसक्दा बजेट फ्रिज भएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij