
गुल्मीको मुसिकोट नगरपालिका- ८ स्थित वामी मैदानबाट वामीटक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा परि दुई जनाको मृत्यु र दुईजना घाइते भएका छन्। आइतबार दिउँसो ग १ च ८३५७ नम्बरको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा परेर गाडीधनी मुसिकोट नगरपालिका ८ का ३० वर्षीय ठाकुर सापकोटा र सोही ठाउँकी ५५ वर्षीय पुतली ठकुरीको ज्यान गएको प्रहरीले बताएको छ। दुर्घटनामा सोही ठाउँका ५५ वर्षीय हरीकला कार्की र बढीगाड गाउँपालिका बाग्लुङका १४ वर्षीय कमल कार्की घाइते भएका छन्। ओरालोबाटोबाट जादैगर्दा जीप दुर्घटनामा परी करिब १ सय ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij