
रुकुम – रुकुम (पूर्व) को सदरमुकाम विवादमा भइरहेको आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका पूर्व सहायकमन्त्री सहित दुई जनाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ। कुटपिटबाट उनीहरुको शरीरका विभिन्न ठाउँमा भित्री चोट लागेका कारण थप उपचारको लागि पूर्व सहायक मन्त्री केशरमान रोका र नेकपाका नेता सतमान पुनलाई आइतबार काठमाडौं पठाइएको हो।
शनिबार रुकुमकोटका आन्दोलनकारीले पूर्व सहायकमन्त्री सहित पूर्वी क्षेत्रका ४ जना नेतालाई कुटपिट गरेका थिए। उनीहरुकै कारण गोल्खाडामा सदरमुकामको केन्द्र सरकारले तोकेको भन्दै आन्दोलनकारीले नेपाली कांग्रेस रुकुम (पूर्व) का सभापति समेत रहेका पूर्व सहायकमन्त्री रोका सहित नेकपाका नेता पुन, पुनिराज घर्ती र कांग्रेस नेता ध्रुवकुमार पुनलाई कुटपिट गरेका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij