२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाण्डौबाट दुई रातमा ३३ बालबालिका उद्दार

काठमाण्डौबाट दुई रातमा ३३ बालबालिका उद्दार

बालबालिका खोजतलास समन्वय केन्द्रले पछिल्लो २ दिनमा ३३ बालबालिकालाई उद्धार विभिन्न स्थानबाट उद्धार गरेको जनाएको छ ।

केन्द्रले बिहीबारदेखि २ दिनसम्म चनाएको रात्रिकालीन उद्धार कार्यक्रममा ३३ जना बालबालिका उद्धार भएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताउनु भयो । ‘सुरुमा हामीले २७ बालबालिका उद्धार गरेका हौँ, जसमा २ जना बालिका छन् ती सबै १० देखि १८ वर्ष उमेर समुहका छन् ।’ उहाँले बनाउनु भयो ।

रातको  ८ बजेदेखि ३ बजेसम्म चलाएको कार्यक्रम स्थानीय प्रहरीसँगको सहकार्यमा पशुपति, बसपार्क, ठमेल, बसन्तपुर, क्षेत्रमा पुगेको थियो । नेपाल समाचार पत्रले समाचार छापेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij