२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

डा गोविन्द केसीको विरुद्द अनसनरत विजय थापाले पनि अनसन तोडे

डा गोविन्द केसीको विरुद्द अनसनरत विजय थापाले पनि अनसन तोडे

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीविरुद्ध उत्रिएका विवादास्पद युवा विजय थापाले अनसन तोडेका छन् ।

चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् ।

अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनशन तोडेको जनाइएको छ । यद्यपि, उनलाई केही दिन अस्पतालमै राखिनेछ ।

थापा पक्षका युवा संघका एक नेताले भने, ‘स्वास्थ्य अवस्था जटिल भएकाले उहाँलाई उपचारका लागि राख्नेछौं ।’

थापाले डा. गोविन्द केसी र सरकारवीच भएको सम्झौता खारेज हुनुपर्ने माग पनि राखेका थिए । केसीको विरोधमा अनसन बसेका कारण सत्तापक्ष, नेकपा वा सम्बन्धनको पर्खाइमा बसेका मेडिकल कलेजबाट थापा परिचालित भएको हुनसक्ने आशंका गरिएको थियो ।

अनशनकै क्रममा उनी नेपाल प्रहरीबाट हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेर छुटेको अभियुक्त भएको समेत सार्वजनिक भएको थियो ।

डा. केसीले शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनशन तोडेका थिए । सरकारले व्यापक विरोधका बीच विधेयक पारित परेपछि फरक रुपमा संघर्ष जारी राख्ने बताउँदै अनशन तोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij