
नेपाल विद्यार्थी संघ बैतडीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। बैतडीको पाटन चौराहमा नेविसंघसँग आवद्ध विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतको आडमा पारित गरेको, निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij