२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एनजीओ/आईएनजीओलाई गृह मन्त्रालयले हटाउने

एनजीओ/आईएनजीओलाई गृह मन्त्रालयले हटाउने

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ)लाई गृह मन्त्रालयले अलग राख्ने तयारि गरिदै आएको छ | गैरसरकारी सस्थालाई गृहबाट अलग्याएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमातहत राख्ने नीतिगत पहल सुरु भएको हो । गृहमातहत रहंद नीतिगत तथा व्यावहारिक समस्या देखिएको भन्दै गैरसरकारी संस्थालाई गृहबाट अलग गरी महिला बालबालिका मन्त्रालयमातहतमा लैजान खोजिएको हो ।

समाज कल्याण परिषदको तथ्याङ्कअनुसार मुलुकभर ४९ हजार एनजिओ दताए भएका छन् । जसले वार्षिक २४  अर्ब रुपैयाँको कारोबार गर्छन् । यस्तै आइएनजिओ २३० वटा दर्ता भएका छन् । उनीहरु मुलुकभर विभिन्न परियोजनामा वार्षिक २६ अर्ब बराबरको कारोबार गर्छन । यसअघि एनजिओ÷आइएनजिओ जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता हुनुपथ्र्यो । तर, दोहोरो झन्झट भएको भन्दै गृह मन्त्रालयबाट अलग्याएर महिला बालबालिका मन्त्रालयमातहत लैजाने तयारी भएको हो । यो समाचार टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij