अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आज राजीनामा दिएकी छन् । मिडियाको माध्यम भएर गम्भीर आरोपहरु लक्की माथि लागे पछि उनले नैतिकताको आधारमा मात्र राजिनामा दिएको भनिएको छ |
देउवा सरकारको बेला माओवादी कोटाबाट राजदुत सिफारिस भएकी उनको राजिनमाको चर्चा भने यस अगी देखि नै चल्दै आएको थियो |
आफ्नै गाडीचालकले वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा परेकी थिइन् । त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij