आगमी माघ २६ देखि फागुन ११ गते सम्म धनगढी स्थित प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा हुने चर्चित घरेलु क्रिकेट लिग धनगढ़ी प्रिमियर लिगको तेस्रो संस्करण – डिपिएल ३ को खेल तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा करण केसी मार्की प्लेयर रहेको बिराटनगर किंग्स र सोम्पाल कामीको धनगढी स्टार्स बीच हुने भएको छ |
१५ दिन सम्म चल्ने प्रतियोगितामा उद्घाटन , प्ले अफ र लिगचरणका अन्तिम दुई खेल बाहेक अन्यखेलहरु भने प्रति दिन दुई ओटा म्याच गरि मिलाईएको छ|
प्रतियोगिता मा कुल ६ टिम ले सहभागिता जनाउने छ्न । जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij