
यूएईका नियमित कप्तान रोहन मुस्तफालाई धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सले अनुबंधिंत गरेको छ |आगामी माघ २६ गते देखि धनगढी फाप्ला क्रिकेट स्टेडियममा हुने डिपिएल – ३ को लागि रोहण पुन: डिपिएलमा आफ्नो यात्रा निरन्तरता दिने भएका छन |
सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढीले तेस्रो सिजनका लागि रोहनलाई अनुबन्ध गरेको छ । अगिल्लो सिजनमा म्यान अफ द सिरीज बनेका रोहनले पोखरा प्रिमियर लिगमा बुटवल र एभरेष्ट प्रिमियर लिगमा भने काठमाण्डौ किम्ग्स ११ बाट खेलेका थिए | टिमका कप्तान पनि सोमपाल कामी नै रहेका थिए ।
अहिले यूएई क्रिकेट बोर्डको सस्पेन्सनमा रहेका रोहन नहुँदा यूएईले नेपाल विरुद्धको एकदिवसीय सिरीज दुई एकले गुमाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij