
बुधबार सुन्तली धुर्मुसले फाउन्डेसनले भरतपुरमा निर्माण गर्न लागेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले क्रिकेट नेपालीहरुलाई एकताको सुत्रमा बाँध्न सफल खेल भएको बताएका छन् |
धुर्मुस–सुन्तली फाउन्डेसनको अभियानबाट देश निर्माणमा एउटा ईटा थप्ने काम गरेकोमा प्रचण्डले खुसी व्यक्त गरे|
उनले राष्ट्र निर्माण एउटा क्षेत्र समुदाय र पार्टी विशेषले मात्र गरेर हुने काम नभएको भन्दै त्यसका लागि सबै एक जुट हुनुपर्ने बताए। राष्ट्र निर्माण राष्ट्रको मना्ेविज्ञान र प्रतिवद्धता आउनुपर्ने भन्दै उनले सबै क्षेत्रका मान्छेहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको भनाइ थियो।
उनले क्रिकेट मैदानको निर्माणमा कसैको केही स्वार्थ नभएको र यसले सत्तापक्ष र प्रतिपक्षलाई एकै ठाउँमा ल्याइदिएको बताए। लामो समयदेखि सुन्तली धुर्मुससँग क्रिकेट मैदान बनाउने विषयमा छलफल भएको धेरै ठाउँमा भएको छलफलपछि आजको ठाउँमा आइपुगेको उनले दावी गरे।
उनले खेलकुद क्षेत्रले संगो राष्ट्रलाई एकतावद्ध बनाउने भन्दै उनले आज घोषण गरिएको क्रिकेट मैदानले सिंगो देशलाई एकतावद्ध गर्ने विश्वास व्यक्त गरे।
उनले धुर्मुस सुन्तलीले सामाजिक सेवामा पु¥याएको योगदानको उच्च प्रशंसा समेत गरे। सरकारले अगाडि सारेको समृद्ध र सुखी नेपालीको नारालाई यो अभियानले सहयोग पु¥याउने बताए। ‘यो एउटा सामान्य धोषाण कार्यक्रम होइन्’, उनले भने, ‘यसले नयाँ नेपाल निर्माणको सुरुवात गरेको छ।’ उनले पछिल्लो समय खेलको क्षेत्र फराकिलो बन्दै गएको बताए।
कार्यक्रममा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच जग्गा सम्बन्धी सम्झौता भएको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij